एजेन्सी। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई माझी औंला देखाएपछि जागिर गुमाएकी महिलालाई ७० हजार डलर सहयोग संकल भएको छ । नोभेम्बर ६ मा उनका लागि सुरु गरिएको गोफन्डमी अभियानबाट यो रकम संकलन भएको हो।

साइकलमा सवार ५० वर्षिया जुली ब्रिस्कम्यानले अक्टोबर २८ का दिन भर्जिनियामा गल्फ खेलेर ह्वाइट हाउस फर्किँदै गरेका ट्रम्पको मोटरकेडलाई माझी औँला देखाएकी थिइन्। त्यसपछि जुलीले काम गर्ने कम्पनीले उनलाई कामबाट निकालिदिएको थियो ।

जुलीका लागि गोफन्डमी अकाउन्ट खोलेका रोब मेलोले ब्रिस्क ‘सबैका लागि प्रेरणा’ भएको भन्दै उनलाई धन्यवाद दिएका छन्। उक्त अकाउन्टमा ३ हजारभन्दा बढी व्यक्तिले  ५ डलरदेखि लिएर २५० डलरसम्मको रकम जम्मा गरिसकेका छन्।

Comments

comments