एजेन्सी। अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्प भारत आउंदै छिन्। भारतको हैदरावादमा आगामी नोभेम्बर २८ देखि सम्मेलन हुन लागेको हो ।

इभाङ्कालाई भारतमा स्वागत गर्नको लागि मूख्य सहरमा रहेका माग्नेहरुलाई हटाइने भएको छ। माग्नेहरू रहेको जानकारी दिनेलाई ५०० रूपैयाँ इनामको समेत घोषणा गर्दै भारत प्रहरीले माग्नेहरूलाई हटाउनका लागि अभियान नै सुरू गरेको छ । हैदरवाद प्रहरी प्रशासनका अनुसार, अभियान जनवरी ७ सम्म जारी रहने छ।

भारतमा अमेरिकी पाहुना आउँदा माग्ने हटाइएको घटना भने यो पहिलो घटना होइन। यसअघि सन् २००० मा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन भारत भ्रमणमा आउँदा यस्तो अभियान चलाइएको थियो ।

Please follow and like us:

Comments