नेपालगन्ज । आधा खुलला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यलयमा । सुक्षाकर्मीलाई भिड मिलाउन हम्मेहम्मे थियो । पार्टी जिल्ला सचिवालय कपिल शर्माले कार्यक्रम सुरु गरे । कार्यकर्तालाई जिज्ञासा राख्न भने ।

मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘के को जिज्ञासा छ र रु अहिले ढिला हुन्छ रु’ कोइरालाले राख्न दिऊँ भन्ने इसारा गरिन् ।

लगत्तै भिडबाट एकजना कार्यकर्ता जुरुक्क उठे । ‘हामी पनि पार्टीमा लागेर जीवनै सक्किन लाग्यो, हाम्रो नामै सिफारिसमा परेन् टिकट वितरणमा रहेका मेरा भाइ उमेरका केन्द्रीय सदस्य किशोरसिंह राठोरले बरु मेरो उमेर सोध्नुभयो ?’ बाँके क्षेत्र नं। ३ का ती कार्यकर्ता हरिभक्त उप्रोतीको रिस अझै सकिएको थिएन, ‘के हामी जिल्ला बस्नेहरुको पार्टीमा कुनै हैसियत छैन ?’

देउवालाई अरु पनि कार्यकर्ताले यस्तौ आक्रोस पोखे । कार्यकर्ता सम्झाउन देउवालाई हम्मे–हम्मे भयो । उनले टिकट वितरण ‘अन्याय’ भएको स्वीकार पनि गरे ‘हो मलाई थाहा छ, एक से एक दुःख गरेका साथीहरुको नाम छुटेको, छ दुःख मलाई पनि लागेको छ’ प्रधानमन्त्री देउवाले कार्यबर्तालाई सम्झाउँदै भने, ‘तरपनि यतिबेला चुनाव जित्नु छ, यसरी आफैभित्र झगडा नगरौं ।’

Comments

comments