काठमाडौं । बलिवुड सुपरस्टार सलमान खानको प्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरले रिलिज भएको २४ घण्टाभित्रै पांच नयाँ रेकर्ड बनाएको छ ।

ट्रेलर सार्वजनिक भएको २४ घण्टामा नै :

  • युट्युबमा ४८० हजार भन्दा बढी मन पराइएको
  • युट्युबमा ५० हजार भन्दा बढी प्रतिक्रिया पायो
  • ६५० हजार भन्दा बढी पटक ट्विट भयो
  • २५० हजार भन्दा बढी पटक फेसबुकमा सेयर भयो
  • युट्युबमा २४ घण्टामा २९ मिलियन भन्दा बढी मानिसले हेरे

‘टाइगर जिन्दा है’ केही वर्ष अगाडी निर्देशक कबिर खानले निर्देशन गरेको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । अलि अब्बास जफरले निर्देशन गरेको ‘टाइगर जिन्दा है’ मा सलमान खान र कट्रिना कैफ मुख्य भुमिकामा देखीएका छन् । यसराज फिलिम्सको अफिसियल युटुब च्यानल मार्फत उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

Comments

comments