एजेन्सी । भारतका उद्ध्योगपति रतन टाटाले विश्वकै धनी व्यक्ति बिल गेट्सले भन्दा धेरै कमाउँछन्। उनका बहुराष्ट्रिय कम्पनिहरुको समूह टाटा ग्रुप अफ इन्डियाले संसारका अरु उद्ध्योग र समूहले भन्दा धेरै कमाउँछन् ।

यति धेरै सम्पत्तिका मालिक रतन टाटाको व्यक्तिगत आम्दानी भने १ बिलियनभन्दा बढी कहिल्यै देखिंदैन । यसको कारण हो, टाटा समूहले गर्ने दान र सहयोग ।

टाटा समूहले आफ्नो आम्दानीको ६५ % हिसा दान र सहयोगमा लगाउने गर्छ। यस समूहले भारतको शिक्षा, कला संस्कृतिको जगेर्ना, समानता, खेलकुद आदिको लागि सहयोग गर्ने गर्छ । त्यस्तै, टाटा समूहले आफ्नो गैरनाफामूलक सामाजिक कामको लागि मात्र टाटा मेमोरियल हस्पिटल, टाटा फुटबल एकेडेमी, टाटा क्रिकेट एकेडेमी, टाटा क्यान्सर हस्पिटल, टाटा म्यानेजमेन्ट ट्रेनिंग सेन्टर आदि गरि दश भन्दा बढी संस्था खोलेको छ ।

टाटा समूहले भारतमा मात्र नभई विदेशमा पनि सहयोग गर्छ। यसको एक उदाहरण, उसले हार्वर्ड बिजनेस स्कुललाई गरेको ५० मिलियन डलर हो। त्यस्तै टाटाले , पानी शुद्ध पार्ने भाँडो उत्पादन गर्यो त्यसलाई सामजिक हितको लागि, सबैको पहुँच पुगोस बह्न्ने उद्देश्यले आफ्नो लागतलाई नहेरेर १ हजार रुपैयाँ भन्दा कममा बिक्रि गर्यो । यी सामाजिक कामहरुले गर्दा कम्पनीले आफ्नो छुट्टै प्रतिष्ठा कमाएको छ।

Comments

comments