काठमाडौँ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको एक महिना अघि भएको हत्यामा संलग्नमध्ये पाँचजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा नुवाकोटका २१ वर्षीय राजीव स्याङ्तानसहित पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

नयाँबानेश्वरस्थित शान्ति नगरमा हगौचनको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सार्वजनिक गरिएको हो ।

गौचनको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्याङ्तानसँगै पर्साको कालिकामाई गाउँपालिका–१ का ३५ वर्षीय शिवजी महतो, भारतको बिहार राज्यस्थित बेतिया जिल्लका २४ वर्षीय मुकेश पाण्डे, पर्साको ठोरी गाउँपालिका ५ का १८ वर्षीय सन्तोष गुरुङ र काठमाडौँको नागार्जुन गरपालिका ४ का २२ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् ।

आठ जना अझै फरार

गौचनको हत्यामा संलग्न फरार अभियुक्तहरुको पनि प्रहरीले नाम सार्वजनिक गरेको छ । फरार रहेकाहरुमा समिरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन ९लिम्बू०, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।

Comments

comments