काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

को को पक्राउ परे भनेर प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरुलाई प्रहरीले आजै प्रहरी क्लबमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताइएको छ ।

गत असोज २३ गते दिउँसो शान्तिनगरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जना मास्क लगाएका व्यक्तिले गौचनलाई गोली हानेका थिए । घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले घटनाको छानबिन गर्ने डीआईजी गणेश केसीको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो ।

Comments

comments