काठमाडौं । नायक कर्मा र नायिका वर्षा शिवाकोटीले ‘पहिलो भेटैमा’ म्युजिक भिडियोमा आफ्नो दमदार नृत्य तथा अभिनय प्रस्तुत गरेका छन्। नायक कर्माको यो पहिलो म्युजिक भिडियो हो ।

‘नाईं मलाई थाहा छैन’ गीत बाट चर्चामा छाएका गायक गायिका संजीव पराजुली र टीका प्रसाईंले गाएको यो गीतलाई होमनाथ न्यौपानेले लेखेका हुन् । गीतमा दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ। ‘पहिलो भेटैमा’ शिर्षकको यो गीत गायक संजीवको हालै सार्वजनिक भएको एल्बम ‘त्यो सपना.. ‘ मा समावेश छ।

गीतको म्युजिक भिडियोलाई ‘नेपाल आइडल’ का निर्देशक लक्ष्मणले निर्देशन गरेका हुन् भने, भारत रेग्मीले सम्पादन गरेका हुन्।

Comments

comments