काठमाडौं । बलिवुड सुपरस्टार सलमान खान र दीपिका पादुकोण ‘किक २’ मा संगै देखिने भएका छन् । यी दुई सुपरस्टार पहिलोपटक फिल्ममा संगै देखिन लागेका हुन् ।

यसअघि ‘रेस २’ मा सलमान र दीपिका राख्ने भनिएतापनि सलमानकै सिफारिसमा ज्याक्लिनलाई राखिएको थियो । त्यस्तै, दिपिकाले बलिवुडमा डेब्यु गर्नुअघि सलमानले दीपिकालाई फिल्मको प्रस्ताव राखेकी थिईन् । तर, दीपिकाले आफू फिल्मको लागि तयार नभएको बताएकी थिईन् र केही समयपछि शाहरुख खानको फिल्म मार्फत उनले बलिवुडमा डेब्यु गरेकी थिइन् ।

त्यसपछि सलमानका धेरै फिल्ममा अभिनेत्रीको लागि दीपिकालाई सिफारिस गरियो । तर, सलमानकै कारण दीपिका उनका फिल्ममा नदेखिएको बताइन्छ।

Comments

comments