नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतार चढाव अनुसार स्थानिय बजारमा मूल्य समायोजन गर्ने अन्तिम तयारी अघि बढाएकोे हो । निगमको घाटा नियन्त्रण गर्न एकदुई महिनाभित्रै त्यस्तो मूल्य समायोजन शुरु गर्ने तयारी अघि बढाइएको निगमले जनाएको छ  । भारतीय आयल निगमले हरेक १५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपालमा पनि मूल्य समायोजन गरिने बताइएको छ ।

निगमले स्वचालित मूल्य समायोजनका लागि लामो समयदेखि पहल गर्दै आएपनि सरकारको असहयोग लगायतका कारण्ँले हुन सकेको छैन ।

Comments

comments