काठमाडौँ । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका पिता भएका छन् । प्रेमिका ज्योर्जिना रोड्रिग्वेजले छोरी जन्माएसँगै रोनाल्डो चौथो सन्तानका पिता भएका हुन् ।

रोड्रिग्वेजले सोमबार जन्माएकी छोरीको नाम एलाना मार्टिना राखिएको छ । रोनाल्डोले २२ वर्षीय रोड्रिग्वेज, क्रिस्टियानो रोनाल्डो जुनियर र नवजात छोरी मार्टिनासहितको तस्बिर अस्पतालको बेडबाट सार्वजनिक गरेपछि उनलाई विश्वभरबाट बधाई दिने क्रम जारी छ ।

यसअघि सेरोगेट आमामार्फत रोनाल्डो दुई जुम्ल्याहा सन्तानको पिता भएका थिए । रोनाल्डोका जेठा सन्तानका रुपमा क्रिस्टियानो रोनाल्डो जुनियर रहेका छन् । रोनाल्डो र रोड्रिग्वेज नवजात छोरीको नाम लाइभ भिडियो मार्फत आफ्ना फ्यानहरुबाट जुराएका हुन् ।

इन्सटाग्राममा फोटो पोस्ट् गर्दै रोनाल्डोले लेखेका छन्, ‘अलाना मार्टिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै स्वस्थ छन् । हामी धेरै खुसी छौँ ।’

जर्जिनालाई प्रसुतिका लागि आइतबार साँझ म्याड्रिडस्थित कुइरोन युनिभर्सल अस्पतालमा भर्ना गरिएको थियो ।

रोनाल्डोले केही दिनअघि मात्रै बाबु बन्नु सुखद अनुभव भएको प्रतिक्रिया दिए थिए । गत जुनमा रोनाल्डो सरोगेट आमाबाट इभा र माटेओ जुम्ल्याहा सन्तानका पिता भएका थिए । पहिलो सन्तान क्रिस्टियानो जुनियर पनि सरोगेट आमाबाट जन्माएको बताइन्छ ।

आइतबार मात्रै पोर्चुगलकी रियालिटी टिभी स्टार नटाचा रोड्रिग्वेजले प्रेमिका जर्जिनालाई धोका दिएर
रोनाल्डोले आफूसँग यौनसम्बन्ध राखेको आरोप लगाएपछि सनसनी भएको थियो ।

 

Comments

comments