मेलबर्न । अष्ट्रेलियामा एक भारतीय महिलाको आफ्नै घरभित्र रहस्यमय हत्या भएको छ । २४ वर्षया अरिश्मा सिङ्ग न्युजिल्याण्डको अकल्याण्ड स्थित आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी हुन् ।

चाइल्ड केयरमा काम गर्ने अरिश्मा आफ्ना श्रीमानसंग छुट्टिएर तीन वर्षीय बच्चा र आफ्ना आमाबुवाका साथमा बसिरहेकी थिईन् । घटनाको समयमा उनको बच्चालाई श्रीमानले लिएर गएका थिए भने आमाबुवा पनि नातेदारकोमा गएका थिए ।

साथीहरुसंग पार्टीमा गएकी उनी घर फ़र्किएपछि हत्या भएको बुझिएको छ । घटना हुनुभन्दा केही समय पहिले उनले आफ्ना आमा बुवालाई फोन गरेर आफ्नो घरमा कोही रहेको जानकारी दिएकी थिईन् । त्यो सुनेर हतार हतार आमाबुवा घरमा आउँदा उनी रगतको आहालमा डुबीसकेकी थिईन् ।

घरमा कुनै लडाई, झगडा, चोरी र तोडफोड नभएको हुँदा प्रहरीले परिचित मानिसले नै हत्या गरेको हुनसक्ने शंका गरेको छ र अनुसन्धान अगाडी बढिरहेको छ।

सामाचार, तस्बिर स्रोत : SBS News 

Comments

comments