काठमाडौं । अमेरिकामा फ्लाइटमा संगै बसिरहेकी किशोरीको शरीर छुन खोज्ने डाक्टर कारबाहीमा परेका छन् । न्यु जर्सीको लागि उडेको विमानमा २९ वर्षीय डाक्टरले आफू संगै बसेकी १६ वर्षिया किशोरीलाई अभद्र व्यवहार गरेका कारण कारबाहीमा परेका हुन् ।

ती डाक्टरले किशोरी निदाएको मौका पारेर उनको तिघ्रामा हात राखेर हात चलाउन थालेका थिए। किशोरीले प्रतिकार गरेपछि उनी अर्को सिटमा बसे पनि उनलाई कामुक नजरले हेर्न उनले छोडेनन् । किशोरीले पुलिसमा रिपोर्ट गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

डाक्टरले आफ्नो अपराध स्वीकार गरेका छन् र उनले अब एक महिनामा जेलभित्र बिताउनु पर्नेछ ।

सामाचार, तस्बिर स्रोत : SBS News 

Comments

comments