संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सुशील कोइरालाले असोज १० गते सम्बोधन गर्नुहुने भएको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले महासभामा भाग लिन न्युयोर्क जाने २२ सदस्यीय टोलीको पनि टुंगो लगाएको छ । टोलीमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका कायम मुकायम सचिव शंकर बैरागी, युएन महाशाखा प्रमुख दिपक धिताल, महाशाखाकी उपसचिव रीता धिताल, चिफ अफ प्रोटोकल कालीप्रसाद पोखरेल, युएनका लागि न्युयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, उपस्थायी प्रतिनिधि सेवा लम्साल लगायत रहनेछन् । दुई सुरक्षाकर्मी र एक पत्रकार पनि टोलीमा रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री महासभाका लागि असोज ३ गते प्रस्थान गर्नुहुनेछ ।

Please follow and like us:

Comments