मेलबर्न । अष्ट्रेलियामा गर्मी बढ्न थाले संगै विद्यार्थीहरु समुद्री किनारमा जाने गर्छन्। रमाइलोको लागि गएका नेपाली विद्यार्थीहरु दुर्घटनामा समेत पर्ने गरेका छन्।

ती दुर्घटनाको न्यूनीकरणको लागि नेपाली विद्यार्थी लक्षित नि:शुल्क सुरक्षा तालिम दिइने भएको छ । यही आगामी २६ तारिकका दिन तामारमा बिचमा खाना सहित नि:शुल्क तालिम दिइने भएको हो ।

गैरनाफामुलक संस्था, भिजन फर मोटिभेसनले आयोजना गर्न लागेको उक्त तालिममा इच्छुक विद्यार्थीहरु सहभागी हुन सक्ने र विद्यार्थीहरुलाई समुद्री किनारमा नै लगेर तालिम दिइने संस्थाका अध्यक्ष रोशन खतिवडाले जानकारी दिए ।

Comments

comments