काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई दिने चन्दाको हिसाब राख्न निजी क्षेत्रलाई आग्रह गरेको छ । निर्वाचनका बेला अनियमित रुपमा आर्थिक क्रियाकलाप बढ्ने भन्दै आयोगले निजी क्षेत्रलाई यस्तो आग्रह गरेको हो ।

उसले दल वा उम्मेदवार निर्वाच आचार संहिताविपरीत खर्च नगर्न पनि सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाएको छ । प्रमुख निर्वाचन डा।आयुक्त अयोधिप्रसाद यादवले उद्योगी व्यवसायीहरुले कुन दल र कुन उम्मेदवारलाई कति रकम दिएँ भन्ने कुरा आमजनताले थाहा पाउनुपर्ने बताए ।

आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग तथा नेपाल राष्ट्र बैंकलाई पनि उद्योगी व्यवसायीलाई चन्दा रकम चेकमार्फतमात्र भुक्तानी दिन निर्देशन दिएको बताए ।

Comments

comments