जुम्ला । निर्वाचनभन्दा अघि–पछि गाउँमा नझुल्किने नेताहरु मतदाताको धरदैलोमा पुगेर भोट मागिरहेका छन् । मतदातामा भने उत्साह देखिएको छैन । यसअघि भोट पाएर गएका नेताहरु फर्केर गाउँ नआएपछि मतदाता जो आए पनि फरक नपर्ने गुनासो गर्छन् ।

‘यसअघि पनि भोट हाल्यौं, जितायौं, तातोपानी–४, नियापानीकी कुइरी नेपालीले भनिन्, ‘नेताहरु अहिले पनि नमस्कार गर्दै आएका छन् भोट मात्र लिने हुन्, केही दिँदैनन् ।’

‘पहिलाको निर्वाचनमा श्रीमानले भनेकै ठाउँमा भोट हालेँ, उनले भनिन, ‘अहिले पनि त्यही ठाउँमा हाल्नुपर्ने होला । भोट नहाली सुख्खै पाइँदैन । भनेको ठाउँमा भोट नहाले घरबारै नहोला भन्ने डर ।’ उनका अनुसार श्रीमानले भनेको पार्टीका उम्मेदवारलाई भोट नहालेपछि घरमा ‘ठूलो बिषय’ बन्ने गर्दछ ।

Comments

comments