काठमाडौं । प्रविधिको विकाससँगै दुरुपयोग पनि बढ्दो छ ।

कसैको व्यक्तिगत इमेल,फेसबुक,वेप पेज,ब्लकको पासवर्ड ह्याक गर्नेदेखि ठूला ठूला कम्पनीहरुको एकाउन्ट र गोप्य सूचनासम्म चोरी हुने क्रममा पनि बढेको छ । यसमा सामान्यदेखि संस्थागत ह्याकरहरको संलग्नता रहने गरेको पाइएको छ । कमजोर पासवर्ड ह्याकरहरुको निशाना बढी पर्ने गरेको अध्ययन अनुसनधानले पत्ता लगाएको छ । त्यसैले यदि तपाईले पनि सम्झिन सजिलो होस् भनेर सजिलो पासवर्ड राख्नुभएको छ भने तपाई ह्याकरहरुको निशानामा फस्ने सम्भावना प्रवल छ ।

सन् २०१७ को पहिलो ६ महिनामा भारतमा मात्र प्रत्येक १० मिनेटमा एउटा साइवर अपराध सम्बन्धी प्रहरी उजुरी परेको एक सर्वेक्षणले जनाएको छ । सन् २०१६ मा ह्याकरहरुको निशानामा परेका २५ कमजोर पासवर्डहरु यी थिए :

1. 123456

2. 123456789

3. qwerty

4. 12345678

5. 111111

6. 1234567890

7. 1234567

8. password

9. 123123

10. 987654321

11. qwertyuiop

12. mynoob

13. 123321

14. 666666

15. 18atcskd2w

16. 7777777

17. 1q2w3e4r

18. 654321

19. 555555

20. 3rjs1la7qe

21. google

22. 1q2w3e4r5t

23. 123qwe

24. zxcvbnm

25. 1q2w3e

 

 

Comments

comments