रोल्पा । रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि लक्षित गरी गोली हानिएको छ ।

चुनाव प्रचार प्रसारका क्रममा रोल्पाको दुर्इखोली गाउँपालिका वडा नं. ३ पुनको टोली पुगेका बेला गोली प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राङ्सीबाट बाघमारा जाँदै गरेको वाम गठबन्धनको चुनावी टोलीमाथि लक्षित गरी गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको छ ।

पुनको टोलीमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गोली हानिएको अनुमान गरिए पनि पुष्टि हुन बाँकी छ ।

यसअघि शनिबार बिहान पनि नेता पुनसहित वाम गठबन्धनको टोली सवार गाडीलार्इ लक्षित गरेर एम्बुस विस्फोट गरिएको थियो ।

 

Comments

comments