काठमाडौँ । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालद्वारा एसीसी यु–१९ क्रिकेटमा भारतमाथि ऐतिहासिक जीत हासिल गरेको छ ।

मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपालले भारतमाथि ऐतिहासिक जीत हात पारेको हो ।

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्र्तग दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो ।

नेपालले उमेर समूहमा भारतलाई पराजित गरेको पहिलो पटक हो । नेपालका जीतमा कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ र ब्याटिङ गरे । खेलमा नेपालका लागि कप्तान ऐरीले सर्वाधिक ४ विकेट लिँदा ब्याटिङमा उत्कृष्ट ८ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । मलेसियाको बायुमस ओभलमा नेपालका लागि कप्तान दिपेन्द्रसिहं ऐरीले सर्बाधिक ८ रन बनाएका छन ।

१ सय १ बल खेलेका कप्तान ऐरीले ६ चौका र २ छक्का जोड्न सफल भए । यस्तै जितेन्द्र सिहंले ३६, भिम सार्कीले १५ रन बनाउँदा आसिफ शेख ३ रनमा आउट भए ।

यस्तै अनिल कुमार शाह र रोहित कुमार पौडेल समान ६ रनमा नै पलेबियन फर्किए । पवन शरार्फ १ रनमा र कमल सिंह ऐरी ६ रनमा आउट भए । किशोर महतो ७ तथा सन्दिप लामिछाने ९ रनमा नट आउट रहे ।

हिजो भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार मलेसियासँग खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Comments

comments