काठमाडौं । नाजिर हुसेन र केकी अधिकारीले एक अर्काको तस्बिर दिलमा चिप्काएका छन् । मधेश क्षेत्रमा छायांकन गरिको, राज्जा रानी फिल्मको उक्त गीतमा नजिर र केकीले एक अर्काको तस्बिर दिलमा चिप्काएका हुन् ।

रमाइलो पाराको यो गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द तथा नरहरि प्रेमी र सुमिना लोको स्वर रहेको छ। गीतको म्युजिक भिडियोलाई विक्रम स्वारले कोरियोग्राफ गरेका हुन् ।

लेखक तथा निर्देशन यम थापा निर्देशक र एमके पौडेलको लगानी रहेको फिल्म राज्जा रानी आगामी पुष २१ बाट प्रदर्शनमा आउने बताइएको छ।

Comments

comments