मेलबर्न । अष्ट्रेलिया केएफसीको एक स्टोरबाट ल्याइएको चिकेनमा किरा भेटिएको छ । शुक्रबार एक महिलाले आफ्नो छोराको जन्मदिनको लागि ल्याएको चिकेनमा किरा भेटाएकी हुन् ।

त़ी महिलाका अनुसार, उनले शुक्रबारको जन्मदिन मनाएर बाँकी रहेको चिकेन राखेकी थिईन् । शनिबार उठेर चिकेन थन्काउने क्रममा उनले बाँकी रहेको सबै चिकेनमा किरा सल्बलाइरहेको देखिन् । उनी र उनका श्रीमानले त्यसको भिडियो खिचेर केएफसीमा पठाइसकेका छन् ।

केएफसी अष्ट्रेलियाले आफूहरुले ग्राहकको स्वास्थ्यसंग कुनै सम्झौता गर्न नसक्ने भन्दै उनलाई प्रत्यक्ष सम्पर्कमा आउन आग्रह गरेको छ । उसले यसमा अनुसन्धान गर्ने समेत बताएको छ ।

Comments

comments