सुनसरी । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पाँच वर्षभित्र सुनसरीको सबै बाटोघाटो कालोपत्र हुने बताउनुभएको छ ।

शनिबार बिहान राष्ट्रिय जनता पार्टी नेपालको भात्री संगठन किसान संघका केन्द्रीय अध्यक्ष सुरैत यादवसहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उपप्रधानमन्त्री गच्छदारले राजनीतिक आन्दोलन सकिएकाले विकास र सुशासनका लागि अब आफूले काम गर्ने बताउनुभयो ।

उहाँले देशमा राजनीतिक संघर्ष धेरै भएकाले अब विकास निर्माण र जनताको जनजीविकाको सुधारका लागि काम गर्ने बेला आएको बताउनुभयो ।

Comments

comments