काठमाडौँ। सन् २०१८ को विश्वकप आयोजक रसियालाई उसैको घरमा अर्जेन्टिाले हराएको छ । गएराति मस्कोमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्युएरोको गोलमा जीत निकालेको हो ।

रसियामा हुने विश्वकपका लागि दक्षिण अमेरिकी समूहबाट अन्तिम खेलमा इक्वाडोरलाई हराएपछि अर्जेन्टिाको यो पहिलो परीक्षण हो ।

चोटग्रस्त भएर लामो समय विश्रामपछि अर्जेन्टिनाका लागि मैदानमा ओर्लिएका एग्युएरोले खेलको ८५ औँ मिनेटमा रसियाको पोस्टबाट रिबाउन्ड भएर आएको बललाई जालीको दिशा दिलाएका हुन् ।

यसअघि छनोट चरणको अन्तिम खेलमा लियोनेल मेस्सीको ह्याट्रिक मद्धतमा अर्जेन्टिनाले इक्वाडोरलाई पराजित गर्दै रसिया विश्वकपको टिकट काटेको थियो ।

Comments

comments