एजेन्सी । आइतबार शुक्र र बृहस्पति ग्रह पृथ्वीबाट संगै देखिनेछन् । केही घण्टाको लागि आइतबार नेपाली समय अनुसार, १२ बजेपछि दुई वटा ग्रह संगै देखिने भएका हुन् ।

परिक्रमा गर्दा एकै दिशामा गइरहेको समयमा दुई ग्रह संग देखिनेछन् । ग्रह केही डिग्री मात्र मात्र फरक हुनेछन् । शुक्र र बृहस्पति ५ मिनेटको अन्तरालमा उदाउनेछन् र त्यसपछि संगै देखिनेछन् ।

अन्तर्राष्ट्रिय समाचारका अनुसार न्यु योर्कबाट प्रस्ट देख्न सकिने भनिएको यो मिलनका कारण त्यहाँको समय अनुसार बिहान ६:४० सम्म सूर्य उदाउने छैन ।

लन्डनमा त्यहाँको समय अनुसार, ५:५६ र ५:५८ मा ग्रहहरु उदाउनेछन् । यसले सूर्य उदाउने समयलाई प्रभाव पार्छ ।

Comments

comments