काठमाडौँ । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ ।

शनिबार मलेसियााको किन्रारा स्टेडियममा भएको खेलको अन्तिम ओभरमा १० रनको खाँचो रहेको बंगलादेशालाई रोक्न नसक्दा नेपाल २ विकेटले खेल सुम्पन बाध्य भएको हो ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ बल बाँकी हुँदै ८ विकेटको क्षतिमा भेट्टाएको हो । बंगलादेश जिताउने क्रममा ओपनर नइम शेखले सर्वाधिक ५२ रन बनाए नेपाली बलर अनिलकुमार साहको बलमा पेभेलियन फर्किनुअघि उनले ८२ बलको सामना गर्दै ३ चौका र १ छक्का हानेका थिए ।

बंगलादेशका अर्का ओपनर पिनाक घोष २४ रनमा आउट भए । कलमसिंह ऐरीले एलबिडब्लु धरापमा पार्नुअघि उनले ४० बलमा एउटा चौका हाने । सइफ हसन १५ रनको सस्तो स्कोरमा आउट भए । मोहमद रिड्डीले १५ रन बनाउँदा अमिनुल इस्लाम खाता नखोली आउट भए ।

यअसघि अफिफ हुसेनले ३३ रन बनाएको अवस्थामा ३९ ओभरमा पेभेलियन फर्केपछि नेपाललेका आश बढेको थियो । हुसेनलाई पेभेलियन फर्काएलगत्तै क्वाजी इस्लाम पनि शून्यमै फर्किए ।

बलिङमा सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट लिएका थिए । त्यसैगरी दीपेन्द्रसिंह ऐरी, किशोर महतो र अनिलकुमार साहले १–१ विकेट हात पारे।

यसअघि मलेसियाको बर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

४१ दशमलब १ ओभरमा नेपालले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाउदाँ बर्षाका कारण नेपालको पारी अबरुद्ध भएको थियो । बर्षापछिखेल सुरु हुँदा डकवर्थ लुइस आधारमा नेपालको स्कोर १ सय ८० कायम गरियो ।

नेपालका लागि भिम सार्कीले ४४, रोहित कुमार पौडेले ४०, आरिफ शेखले ३०, अनिल कुमार साहले १९ रन बनाउँदा कप्तान दिपेन्द्रसिंह ऐरी १२ रनमा पलेबियन फर्किए । वर्षातका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइएको हो ।

नेपालले केही साता अघि बंगलादेशको टोलिसँग अभ्यास खेल खेलेको थियो ।सुरुआती २ अभ्यास खेल हारेको नेपालले अन्तिममा सफलता हात पारेको थियो ।

Comments

comments