मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुले संचालन गरेको ट्राभल एजेन्सी र रेष्टुरेन्ट अष्ट्रेलियाको उत्कृष्ट व्यवसायको सूचीमा पर्न सफल भएका छन् । भीम न्यौपानेले संचालन गरेको बुद्ध ट्राभल्स र निरांकार रेष्टुरेन्ट उत्कृष्ट व्यवसायको सूचीमा परेका हुन् ।

 

 

अष्ट्रेलियन इन्डियन बिजनेस काउन्सिलले हरेक वर्ष अष्ट्रेलियामा संचालित व्यवसायहरु मध्ये उत्कृष्ट व्यवसाय छान्ने गर्दछ। कम्पनीले अर्थतन्त्रमा पारेको प्रभाव, कम्पनि संचालन र सफलता, अष्ट्रेलियामा रोजगारी सिर्जना, सिर्जनातामकता वा नयाँपन आदिका आधारमा काउन्सिलले उत्कृष्ट व्यवसाय छान्ने गर्छ। उत्कृष्ट व्यवसायको अन्तिम सूचीबाट पनि छानेर एउटा व्यवसायलाई उत्कृष्ट व्यवसायको अवार्ड प्रदान गरिन्छ।

चलचित्र निर्माता समेत रहेका भीम न्यौपाने आफूले संचालन गरेका दुवै कम्पनी उत्कृष्ट व्यवसायको सूचीमा आउँदा खुसी लागेको बताउँछन् ।

निरांकार रेष्टुरेन्ट अष्ट्रेलियामा संचालित छ भने वुद्ध ट्राभल्स अष्ट्रेलियाको सिड्नी,मेलबर्न, एडेलेड तथा नेपाल र न्युजिल्याण्डमा संचालित छ।

 

न्यौपानेले निर्माण गरेको चलचित्र ‘बाटोमुनिको फूल-२’ प्रदर्शन भैसकेको छ भने, ‘सुनकेशरी’ र ‘हिरो रिटर्नस’ पोस्ट प्रोडक्सनमा छन् ।

 

 

Comments

comments