काठमाडाैं । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा अहिले नेपाल र बंगलादेशको खेल भइरहेको छ । हिजोबाट बंगालदेशममा सुरु भएको एसीसी अन्डर नाइन्टि एसिया कप प्रतियोगिता अन्र्तगत पहिलो खेलमा आज नेपालले बंगलादेशसँग भिड्न लागेको हो ।

जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइँदै छ । नेपालले केही साता अघि बंगलादेशको टोलिसँग अभ्यास खेल खेलेको थियो ।

अभ्यास खेल मध्ये सुरुआती २ खेल हारेको नेपालले अन्तिम खेल भने सफलता हात पारेको थियो । समूह ‘ए’ मा रहेको नेपाल र बंगलादेश अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । नेपालले एक खेल मात्रै जितेको छ भने बाँकी तीन खेलमा बंगालदेश विजयी भएको छ ।

समूह ‘ए’ अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै समूह ‘बी’ को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका थिए । अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हराउँदा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ ।

लाइभ भिडियो हेर्नुहोस्

Posted by Asian Cricket Council on Friday, November 10, 2017

Comments

comments