अष्ट्रेलियामा व्यवसाय गरेर उपलब्धि हासिल गरिरहेका नेपाली व्यक्तीहरु मध्ये एक हुनुहुन्छ, दिपक खनाल। उहाँ सिड्नी स्थित हाम्रो इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजीका संचालक तथा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएर आफ्नो सपना र कार्यलाई फ़ैलाइरहनुभएका खनाल, व्यवसाय बाहेक समाज सेवामा समेत सक्रिय हुनुहुन्छ। उहाँ झापाली समाज अष्ट्रेलियाका अध्यक्ष हुनुहुन्छ।

आजको बिजनेस टकमा प्रस्तुत छ व्यसायी तथा समाजसेवी दिपक खनालसंग गरिएको छोटो कुराकानी :

१. नेपालको तपाईंको स्थायी ठेगाना ?

मेरो घर झापाको विर्तामोड हो ।

२. तपाईं अष्ट्रेलिया कहिले र कसरि आउनुभयो ?

म 2006 को नोभेम्बरमा स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएको हूँ ।

३. हाल के गर्दै हुनुहुन्छ ?

हाल म Sydney को Bondi junction मा अवस्थित Hamro Institute of Business Technology(HIBT)लाई सन्चालनमा  ल्याईरहेको छु ।

४. व्यवसाय सुरु गर्नुभन्दा पहिले के काम गर्नुभयो ?

म व्यवसाय सुरू गर्नु भन्दा पहिले विद्यार्थी नै थिएँ र कुनै एउटा शैक्षिक संस्था मै part-time Trainer का रूपमा काम गर्थें ।

५. कहिले देखि व्यवसायिक यात्रा सुरुभयो ?

अष्ट्रेलियामा मेरो व्यवसायिक यात्रा सन् 2008 बाट सुरू भएको हो ।

६. तपाईंले व्यावसायिक यात्रा सुरु गर्नुको मूख्य प्रेरणा र उद्देश्य के हो ?

नेपालमा मेरो परिवार धेरै लामो समय देखिनै शैक्षिक व्यवसायमा सम्लग्न छ,त्यसैले मेरो परिवार नै मेरो व्यवसायको प्रेरणाको श्रोत बन्यो।खासमा भन्नुपर्दा, जीआमाबाटै मलाई यहाँ सम्म आउने प्रेरणा मिल्यो ।

७. तपाईंको व्यवसायको मूख्य क्षेत्र के हो र कत्तिको प्रतिस्पर्धा छ ?

मेरो व्यवसायको मुख्य क्षेत्र भन्नु नै शैक्षिक क्षेत्र हो,अहिलेको स्थितीमा यो क्षेत्रमा धेरै नै प्रतिस्पर्धा देखिन्छ ।

८. अष्ट्रेलियामा आएर उद्धमी बन्नु कत्तिको सजिलो र संघर्षशील रहेछ ?

कुनै पनि काममा सफलता हासिल गर्नको लागि त्यति सहज त पक्कै हुँदैन तर पनि तन मनका साथ एकचित्त भएर लागेमा असम्भव भने केहि   छैन ।

९. अबको तपाईंको उद्देश्य के हो ?

यसै शैक्षिक व्यवसायलाई नै निरन्तरता दिँदै भोलिका दिनहरूमा समय अनुकूल भएमा माथिल्लो तहसम्म लैजाने सोचमा छु ।

१०. उद्धमी बन्न चाहने नेपाली युवाहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?

मेरो बिचारमा कुनै पनि उद्ध्योग व्यवसाय गर्नको लागि हामीमा ज्ञान र सीप हुनैपर्छ। साथै अनुशासन र आत्मविश्वास हुन पनि उत्तिकै जरूरी   देख्छु । त्यसैगरि आफूमा लगनशीलता पनि हुनुपर्यो ।

Comments

comments