काठमाडौं । नारायणगोपल चोकबाट केही समय पहिले रातारात स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको सालिक हट्यो । वरिपरीका सबै चकित परे । करिब एक महिना भइसक्दा पनि सालिक प्रतिस्थापन नहुँदा सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

सालिक हटेपछि नारायणगोपालको नाम लेखिएको पिल्लर उल्टो पारेर सडक छेउमा मिल्काएको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भयो । बुधबार र बिहीबार सामाजिक सञजालमा तस्बिर भाइरल भएपछि संगीतकर्मीबीच पनि हलचल मच्चियो ।

शुत्रबार संगीतकर्मीले छलफल पनि गरे । प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले सरकारी स्रोतसँग कुराकानी गरिरहेको बताए । भने, ‘बिहीबार सामाजिक सञ्जालमा यस्तो फोटो देखेपछि हाम्रो ध्यानाकर्षण भयो, यसको चुरो कुरो खोजिरहेका छौं ।’

Comments

comments