काठमाडौं। भारतीय स्ट्यान्ड अप कमेडीका सुपरस्टार कपिल शर्मा र त्यस्तै अर्का कमेडियन सुपरस्टार सुनिल ग्रोभर बिचको सम्बन्धमा आएको दरारले उनीहरुको फ्यानहरुलाई दुखी बनाएको थियो। तर, अब फ्यानहरुको लागि खुशीको खबर आउने सम्भावना देखिएको छ । यो सम्भावनाको राज कपिल आफैले सार्वजनिक गरेका हुन् ।

कपिलको फिल्म ‘फिरंगी’ को ट्रेलर सार्वजनिक भएपछि एक भारतीय संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा कपिलले उक्त खबर सार्वजनिक गरिएको हो। कपिलका अनुसार, सुनिल ग्रोभर अहिले क्यानडा गएका छन् र उनी त्यहाँबाट फर्किने बित्तिकै दुवैजनाले समस्यालाई हाल गरेर अगाडी बढ्नेछन्। कपिलका अनुसार ‘ द कपिल शर्मा शो’ को दोस्रो संस्करणको लागि अरु सबै कलाकार पनि एकै ठाउँमा फर्किसकेका छन्।

कपिलले उक्त अन्तर्वार्तामा भनेका छन् की, उनले फिरंगीको ट्रेलर पनि सुनिलबाट सार्वजनिक गर्न चाहन्थे , तर, सुनिल क्यानाडामा भएका कारण त्यॊ सम्बह्व हुन सकेन ।

Comments

comments