एजेन्सी । बलिवुडको नयाँ पुस्ताका लोकप्रिय अभिनेता वरुण धवनले आफ्नो फ्यानको विरुद्ध पुलिस रिपोर्ट गरेका छन् । फ्यानले आत्महत्या गर्ने धम्की दिएपछि उनले पुलिसमा रिपोर्ट गरेका हुन्।

ती महिला फ्यानले वरुणलाई व्हाट्सएप मार्फत बारम्बार संदेश पठाउने गरिन् । वरुणले ती संदेशको बेवास्ता गरेपछि उनले फोन गरेर, यदि आफ्नो म्यासेज र फोनको जवाफ नदिएमा आत्महत्या गर्ने बताइन् ।

त्यसपछि वरुण धवनले पुलिसमा आफ्नो फ्यानले ब्ल्याकमेल गरेको भन्दै रिपोर्ट गरे र त्यो रिपोर्ट साइबर क्राइम विभागमा पुग्यो। अहिले पुलिसले ती महिलाको बारेमा खोजी गरिरहेको छ। वरुणले रिपोर्ट गरेपछि ती महिलाको फोन स्विच अफ आइरहेको छ ।

Comments

comments