काठमाडौं । कार्टुन्ज क्रियुका पूर्व मूख्य कलाकार सविन कार्की ‘बिस्ट’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्टुन्ज क्रियुमा रहंदा कभर डान्समा आफ्नो अलग प्रस्तुतीले सबैको मन जित्न सफल उनले अहिले गीतको म्युजिक भिडियो नै बनाएका हुन् ।

रमाइलो पारामा बनैएको म्युजिक भिडियोमा फुच्ची कलाकार आठ वर्षिया दीक्षा ठकुरीको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध पार्छ। सविन संगै म्युजिक भिडियोका अन्य कलाकारले दमदार नृत्य प्रस्तुत गरेका छन्।

गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’ गीतको म्युजिक भिडियोले दर्शक मन पक्का जित्ने देखिन्छ ।

Comments

comments