मेलबर्न। अष्ट्रेलियाको भिसाको लागि दिईएको निवेदनमा गलत विवरण वा कागजपत्र राखिएको पाइएमा भिसामा १० वर्ष प्रतिबन्ध लाग्ने भएको छ । धेरैले भिसाको लागि झुटो प्रमाण पेश गर्ने गरेको भन्दै अध्यागमन विभागले यस्तो सूचना सार्वजनिक गरेको हो ।

SBS News का अनुसार, यो परिवर्तित नियम आगामी नोभेम्बर १८ देखि लागु गरिनेछ । पूरानो नियम अनुसार, भिसाको निवेदनमा गलत सूचना वा कागजपत्र राखिएको पाइएमा भिसामा एक वर्ष प्रतिबन्ध लाग्छ ।

अध्यगामन मन्त्रीका अनुसार, भिसामा झुटा विवरण राख्ने व्यक्तिले सरकारको अन्य कार्यालयमा पनि गलत विवरण बुझाइरहेको हुन्छ । त्यसैले भिसाको मापदण्डलाई सही रुपमा राख्न र सरकारी कार्यालयमा गलत विवरण पुग्नबाट रोक्नको लागि यो नयाँ नियम अनिवार्य र सही छ।

Comments

comments