मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा रेल स्टेसनहरु खतरापूर्ण भइरहेको तथ्य सार्वजनिक भएको छ। फ्लिनडर्स स्ट्रिट स्टेसन र साउथर्न क्रसलाई सबैभन्दा खतरापूर्ण स्टेसनमा राख्दै यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएअनुसार, रेलमा रातीको यात्रा गर्दा, हरेक ७ महिलामा १ महिला डराउँछन्। यो राज्यको लागि लाजमर्दो अवस्था भएको भन्दै, अधिकारीहरुले सुरक्षाको दृष्टिकोणबाट सुधारमा जोड दिने बताएका छन् ।

भिक्टोरियाका प्रतिपक्ष दलका नेता माथ्व्यु गाइले मेलबर्नका रेल स्टेसनहरु दुई वर्ष अगाडी भन्दा अहिले धेरै खतरापूर्ण भएको बताएका छन् । सार्वजनिक भएको तथ्य अनुसार रेल स्टेसनहरुमा प्रत्येक हप्ता, औसतमा १३९ अपराधिक क्रियाकलाप हुन थालेका छन् ।

मेलबर्नका १० खतरापूर्ण रेल स्टेसन :

१. फ्लिनडर्स स्ट्रिट – १५४ अपराधिक क्रियाकलाप
२. साउथर्न क्रस – १३५
३.डानडेनोंग – ९४
४.रिङ्गवुड- ५७
५.फ्रांकस्टोन- ५०
६.सनसाइन – ४८
७.वेर्रीबी – ३४
८.नर्थ मेलबर्न – ३१
९.रिच्मोंड – ३०
१०. कौल्फिल्ड – २८

समाचार तथा तस्बिर स्रोत : 7 News

Comments

comments