एजेन्सी। ग्रिसलाई हराउंदै क्रोयसिया आउँदो वर्ष रुसमा हुने विश्वकप नजिक पुगेको छ। क्रोसियाले बिहीबार राति भएको खेलमा ग्रिसलाई ४-१ को फराकिलो अन्तरले पछि पार्दै विश्वकप फुटबलमा छनौट हुने सम्भावनालाई बलियो बनाएको हो ।

प्ले अफको पहिलो लेग अन्तर्गतको खेलमा १३ औँ मिनेटमा पाएको पेनाल्टीमार्फत लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाए । खेलको १९ औँ मिनेटमा कालिनिकले गोल गर्दै क्रोयसियाको अग्रता दोब्बर पारे । खेलको ३० औँ मिनेटमा ग्रिसका सोक्रतिसले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए तर लगत्तै ३३ मिनेटमा गोल गर्दै क्रोयसियाका पेरिसिकले ३–१ को अग्रता बनाए । खेलको ४९ औँ मिनेटमा कर्मारिकले गरेको गोलमार्फत क्रोयसिया ४–१ ले विजयी भयो ।

दोस्रो लेग आइतबार ग्रिसमा हुनेछ । यस्तै बिहीबार राति नै भएको खेलमा स्वीटजरल्याण्डले उत्तरी आयरल्याण्डलाई १–० ले हराएको छ ।

Comments

comments