मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहनुभएका नेपाली अभिभावकहरुको सम्मानमा यस वर्ष पनि अभिभावक वनभोज कार्यक्रम आयोजना गरिने भएको छ ।

एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा हुन लागेको अभिभावक वनभोज कार्यक्रम यही नोभेम्वर २६ तारिख आइतवारका दिन मेलबर्नस्थित यान यियन रिजर्भियर पार्कमा हुदैछ ।

अभिभावकहरु सदैव जहाँ पनि सम्मानीय हुने तथ्यलाई मध्यनजर राखी कार्यक्रमको आयोजना गरिएको आयोजक एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको सार्वजनिक सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ–’यो विदेशको भूमीमा हाम्रा आधारहरु, हाम्रा प्रेरणा र स्नेहका स्रोतहरु हाम्रा बुवा आमाहरुलाई एकदिनकै लागि भए पनि एउटै छानामूनी एउटा मिलनविन्दुमा गोलवन्द गरौँ । र,उहाँहरुलाई आफ्ना कथा सुनाउने र सुन्ने एउटा सुन्दर अवसर प्रदान गरौँ ।’

कार्यक्रममा भिक्टोरिया राज्यमा भ्रमण भिसामा रहनुभएका नेपाली अभिभावकहरुले निशुल्क सहभागीता जनाउनसक्ने बताइएको छ ।

Comments

comments