काठमाडौं । ग्लोबल आईएमई बैंकले लन्डनमा बैकिङ सेवा सुरु गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लन्डनमा पनि बैंकिङ कारोबार सुरु गर्न लागिएको जानकारी दिनु भएको हो ।

बैंकले काठमाडौंमा आफ्नो स्थापनाको ११ वार्षिक उत्सवको अवसर पारेर ७ वटै प्रदेशमा रहेका शाखाहरुको सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७३–०७४ मा ३ अर्व ६ करोड ४० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी व्याजतर्फको आम्दानीपनि गत वर्षको भन्दा यस वर्ष २ अरव ३७ करोड वृद्धि भएको छ ।

Please follow and like us:

Comments