काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिँदै चन्दा अुसली थालिरहेका बेला गृहको यस्तो निर्देशन आएको हो ।

विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विस्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रुपमा मतदातालाई धम्क्याउने रणनीति बनाएपछि गृहले पक्राउ गर्न भनेको समाचार अन्नपूर्ण पोस्ट्लेछापेको छ।

विप्लवका कार्यकर्ताले प्रदेश नम्बर २ बाहेक देशका अन्य सबै भागमा चन्दा आतंक र धम्कीपूर्ण गतिविधि बढाएको गृहको निचोड छ । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइएमा तत्काल कारबाही गर्न निर्देशन दिइएको बताए ।

Comments

comments