काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आज चीन पुगेका छन् । राष्ट्रपति ट्रम्प आफ्नो ११ दिने एशियाली मुलुक भ्रमणका क्रममा बुधबार राति चीन पुगेका हुन् ।

राष्ट्रपति ट्रम्पको ३ दिने चीन भ्रमणलाई चिनियाँ सरकारले राजकीय भ्रमण भनेको छ । जापान र दक्षिण कोरियाको भ्रमणपछि चीन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनका समकालीन चिनियाँ राष्ट्रपति सी जिन पिङले राजकीय सम्मानका साथ स्वागत गरेका थिए ।

भ्रमणमा उत्तर कोरियाको आणविक कार्यक्रमले उब्जाएको तनावका विषयमा चीनसँगको वार्ता केन्द्रीत हुने अनुमान गरिएको छ । चीन पुग्नु अघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनियाँ राष्ट्रपति सीको प्रशंशा गर्दै भेटका लागि उत्सुक रहेको बताएका थिए ।

Comments

comments