काठमाडौं । बलिवुड अभिनेता सलमान खान सुपरस्टार मानिन्छन्। उनका फिल्म उनको स्टारडमले गर्दा पनि अझ हिट हुन्छन् । तर, यहाँ उनका केही फिल्महरु उल्लेख गरिएको छ, जुन रिलिज नै भएनन् :

१. चोरी मेरा काम

९० को दशकको यो फिल्ममा सलमान खान, सुनिल सेट्टी, शिल्पा सेट्टी, काजोलले अभिनय गरेका थिए । तर, यो फिल्मको निर्माण नै पूरा भएन।

२. रण क्षेत्र

मैने प्यार किया फिल्म पछिको यो फिल्ममा सलमान खान र भाग्यश्रीले अभिनय सुरु गरे । तर, भाग्यश्रीको विवाह र त्यस लगत्तै उनी गर्भवती भएका कारण फिल्म पूरा हुन सकेन।

३. महाभारत

राजकुमार सन्तोषीको ड्रिम प्रोजेक मानिएको यो फिल्मको लागि सलमान र शाहरुख खानको फोटोसुट गरेपनि फिल्म निर्माण भएन ।

४. नो इन्ट्री मै इन्ट्री

नो इन्ट्री फिल्मको सफलता पछि, सलमान खानको डबल रोल भएको नो इन्ट्री मै इन्ट्रीको घोषणा गरिएको थियो, तर फिल्म भने अहिलेसम्म आएको छैन ।

५. हेन्डसम

सलमान खान मूख्य भूमिकामा रहने भनि घोषणा गरिएको यो फिल्म, अहिले सम्म आएको छैन ।

६. सगर सै गेहरा प्यार

सलमान खान र रविना टन्डन मूख्य भूमिकामा रहने भनिएको यो फिल्म घोषणा मात्र भयो, तर निर्माण भएन ।

७. जलवा

सलमान खान र संजय दत्तले अभिनय गर्ने भनिएको यस फिल्मको निर्माण युनिटले नै धोका दिएर निर्माण पूरा हुन सकेन ।

८. राजु राजा राम

सलमान खान, गोविन्दा र जेकी श्राफले अभिनय गर्ने भनिएको यो फिल्म, आर्थिक विवादका कारण पूरा हुन सकेन ।

९. बुलन्द

सलमान खानले अभिनय गरेको यो फिल्म आधाभन्दा बढी निर्माण भएपछी बन्द भएको थियो ।

१०. राम

यो फिल्ममा सलमान खानको मूख्य भूमिका थियो भने, सोहिल खानले डेब्यु गरेका थिए । तर प्रोड्युसरहरुको विवादले फिल्म बन्द भयो ।

Comments

comments