मेलबर्न । अष्ट्रेलियामा नेपालमा राम्रो व्यवसाय गरिरहेको चलचित्र फाटेको जुत्ताको प्रदर्शन हुने भएको छ । आगामी १३ नोभेम्बरमा मेलबर्नमा चलचित्रको प्रदर्शन हुने भएको हो ।

नायक सौगात मल्ल र नायिका प्रियंका कार्कीको मूख्य भूमिका रहेको चलचित्रलाई निकेश खड्का निर्देशन गरेका हुन् । चलचित्रलाई अर्जुन कुमार निर्माण गरेका हुन् ।

अष्ट्रेलियामा नेपाली कार्यक्रमको आयोजना गरि भव्यताका साथ सफल पार्दै आएको नेप्ले इभेन्ट्स र यस स्टडी अष्ट्रेलियाको सहकार्यमा अष्ट्रेलियामा उक्त चलचित्र देखाउन लागिएको हो ।

चलचित्रको प्रदर्शन Midcity Centre २०० Burke Street , Melbourne मा बेलुका ७: ३० देखि सुरु हुने बताइएको छ । अनलाइन बुकिङ्ग समेत गर्न सकिने टिकटको शुल्क २५ डलर राखिएको छ ।

Comments

comments