मेलबर्न । दोहोरो नगारिकताको मुद्दाले अहिले अष्ट्रेलियाको राजनिती तातेको छ । संसद देखी मन्त्रीसम्मले दोहोरो नगारिकता लिएको प्रमाणित भएपछी पदबाट निष्कासित भएका छन् ।

थुप्रै राजनीतिकर्मी, नेता, सांसद, मन्त्रीले दोहोरो नागरिकता लिएको खुल्न थालेपछि प्रधानमन्त्री माल्कोम टर्नबुलले नयाँ नियम ल्याएका हुन् ।

टर्नबुलले ल्याएको नयाँ नियम अनुसार, राजनीतिकर्मीले अब आफ्नो नागरिकता प्रमाणित गर्नुपर्नेछ। प्रत्येक राजनीतिकर्मीले आफू जन्मेको मीति, समय र ठाउँको प्रमाण पेश गर्नुपर्नेछ । यसको साथै आमा बुवाको जन्म ठाउँको बारेमा पनि प्रमाण दिनुपर्नेछ।

यदि अष्ट्रेलिया बाहिर जन्मेको भए, त्यहाँको नागरिकता उनीहरुले कहिले र कसरि त्यागेर कुन प्रक्रियाले अष्ट्रेलियाको नागरिकता लिए, त्यो सबै खुलाउनुपर्नेछ ।

प्रधानमन्त्री टर्नबुलले अहिले सांसद रहेका राजनीतिकर्मीहरुलाई यो सबै प्रमाणित गर्न २१ दिनको म्याद दिएका छन् भने, यसपछिका राजनीतिकर्मीहरुले निर्वाचनमा जाँदा यो नियम अनुसार, नगारिकता प्रमाणित गरेर मात्र जान पाउनेछन् ।

स्रोत : बिबिसी

Comments

comments