एजेनसी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले ओलम्पिक गेम्समा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्र्यांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ ।

ओलम्पिक कमिटि (आइओसी) ले फ्र्यांकी फ्रेड्रिक्सलाइ मनी लण्ड्रिङ तथा भ्रष्टाचार आरोपमा आइओसीको सदस्य नरहने गरी निलम्बित गरेको हो ।

उनलाई गएको जुलाईमा इन्टरनेशनल एशोसिएसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएएफ) बाट पनि निलम्बित गरिएको थियो । नामिबियाका पूर्व धावक फ्रेड्रिक्स आइओसीको महत्वपूर्ण सदस्यको जिम्मेवारीमा रहेका थिए । उनको व्यहारले आफूहरुको विश्वसनीयतामा असर पर्ने भन्दै आइओसीले उनलाई निलम्बित गरेको हो ।

उनीमाथि सन् २०१६ को ओलम्पिक आयोजनाको जिम्मा रियोलाई दिँदा दुई लाख ९९ हजार तीन सय अमेरिकी डलर रकम लिएको आरोप छ । उनले सन् १९९२ को बार्सिलोना ओलम्पिक र सन् १९९६ को एटलान्टा ओलम्पिकमा एक सय र दुई मिटर दौडमा रजत पदक जितेका थिए । यस्तै उनी दुई सय मिटरमा सन् १९९३ को विश्वच्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएको थिए ।

Comments

comments