काठमाडौं । नेपालमा रेलमार्गको निर्माणका लागि सम्भावित विभिन्न ठाउँको चिनियाँ टोृलीले स्थलगत अध्ययन भ्रमण थालेको छ ।

रेल विभागको अधिकारीहरुसहित चिनियाँ विज्ञ टोलीले मंगलबार केरुङ–काठमाडौं खण्डको सम्भावित रेलमार्गको स्थलगत अध्ययन भ्रमण थालेको हो ।

प्राविधिकसहितको चिनियाँ विज्ञ टोलीले नेपालमा रेल मार्ग बनाउन सम्भावयता भएका ठाउँहरु केरुङ–काठमाडौं खण्ड सकाएर पोखरा–काठमाडौं र पोखरा–लुम्बिनी जोड्ने रेलमार्गको स्थलगत अध्ययन भ्रमण गर्ने रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

Comments

comments