त्रैमासिक छापा संस्करणको तयारी

मेलबर्न । विगत ३ वर्षभन्दा लामो समयदेखि अष्ट्रेलियाको मेलबर्नबाट निरन्तर प्रकाशित हुँदै आएको हिमालयन कङ्गारु डट कमको अध्यक्षमा दुर्गा आचार्य नियुक्त हुनुभएको छ ।

दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आउनुभएका आचार्य अष्ट्रेलियाली नेपाली समाजबीच चिरपरिचित व्यत्तित्वका रुपमा रहनुभएको छ । समाज सेवाको क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।

अष्ट्रेलियाको मेलबर्नबाट प्रकाशित हुने हमालयन कङ्गारु अनलाइन पोर्टलले सिंगो अष्ट्रेलियावासी नेपालीको मात्र नभई डायस्पोरामा रहेका सबै नेपालीको विश्वास जित्न सफल भएको छ । हिमालयन कङ्गारुको यो सफलता र लोकप्रियतालाई कायमै राखी मूलधारका नेपाली अनलाइनहरुसँग समेत प्रतिस्पर्धी बनाउँदै लैजाने अध्यक्ष आचार्यको प्रतिवद्दता छ । उहाँले छिट्टै अष्ट्रेलियाली नेपाली समुदायका समाचार,विचार र इभेन्टस्सहितको हिमालयन कङ्गारु विशेष बुलेटिन समेत त्रैमासिक रुपमा प्रकाशित गर्ने योजना रहेको सुनाउनुभयो ।

स्मरणरहोस् हिमालयन कङ्गारुले विगतमा पनि वीक इन्डर नामक साप्ताहिक डिजिटल म्यागेजिन प्रकाशित गरिसकेको छ ।

Comments