मेलबर्न । अष्ट्रेलियाको १७ वौं शताब्दिको दुर्लभ नक्सा भेटिएको छ । बिबिसीका अनुसार, नक्सा भेटीएपछि, यसलाई पहिलो पटक सार्वजनिक गरिएको छ ।

उक्त नक्सा सन् १६५९ मा होल्याण्डका कार्टोग्राफर जोन ब्लुले बनाएका थिए । यो नक्सालाई हराएको मानिएको थियो ।

नक्सालाई एकजना पुस्तकबिक्रेताले जमिनमा पुरेको मानिन्छ । त्यसको ३५० वर्ष पछि २०१० मा त्यसलाई भेटेर स्विडेनमा राखेको थाहा हुन आएको थियो।

हाल उक्त नक्सा अष्ट्रेलियन नेशनल लाइब्रेरीमा सार्वजनिक गरिएको छ । अष्ट्रेलियन लाइब्रेरीले नक्सा २०१३ मा नै लिएर त्यसलाई सुरक्षित बनाएपछि अहिले सार्वजनिक गरेको हो ।

Comments

comments