काठमाडौं । भर्खर जन्मेको बच्चालाई हेर्न जाँदा हामीले फूल लिएर भेट्न जान्छौं । उसप्रति माया दर्शाउन चुम्बन गर्छौं र फोटो लिन्छौं । तर हाम्रा यस्ता व्यवहारले बच्चालाई भने हानी गर्न सक्छ ।

– बच्चाको हातमा वा शरीरमा पैसा राखिदिदा, सयौंको हातमा परेको त्यो नोटले किटाणु सार्न सक्छ ।

– फोटो खिच्दा, मोबाइलको लाइटले गर्दा आँखामा विभिन्न समस्या हुनुका साथै पछि आँखा नदेख्ने समेत हुन्छ ।

– चुम्बन गर्दा, ठूलो मानिसको मुखको इन्फेक्सनले गर्दा किटाणु सर्न सक्छ र बच्चा विरामी समेत हुन सक्छ ।

– फूलमा पोलेन एलर्जी भन्ने हुन्छ, त्यसले पनि बच्चालाई एलर्जी हुने, इन्फेक्सन हुने र छालामा विभिन्न समस्या देखिने हुन्छ ।

– सानो बच्चालाई हामीले हात धोएर मात्रै छुनुपर्छ ।

– यदि बच्चालाई नयाँ कपडा लगाइदिनुछ भने पनि तातोपानीले मज्जाले धोएर मात्रै लगाइदिनुपर्छ ।

 

Comments

comments