काठमाडौं । बलिवुड सुपरस्टार सलमान खानको प्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलर सार्वजनिक भएको छ । ‘टाइगर जिन्दा है’ केही वर्ष अगाडी निर्देशक कबिर खानले निर्देशन गरेको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो ।

अलि अब्बास जफरले निर्देशन गरेको ‘टाइगर जिन्दा है’ मा सलमान खान र कट्रिना कैफ मुख्य भुमिकामा देखीएका छन् ।

यसराज फिलिम्सको अफिसियल युटुब च्यानल मार्फत उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

Comments