एजेन्सी। बेलायती डिजाइनरले बनाएको विश्वकै सबैभन्दा महँगो जुत्ता सार्वजनिक भएको छ । मूल्य १.५१ करोड डलर राखिएको उक्त जुत्ता डेबी विङहमले डिजाइन गरेकी हुन् । डेबिको उक्त डिजाइनपछि फ्लोरिडाका कलाकार क्रिस क्यामबेलले जुत्ता निर्माण गरेका हुन् ।

उक्त हाइ हिल जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ । यो जुत्ता तयार गर्न १ सय घण्टाभन्दा बढी समय लागेको बताइएको छ ।

जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ । यिनीहरु एउटैको १२.८ लाख अमेरिकी डलर पर्दछ । यसको साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ ।

यस जुत्ताको चेन र सोल सुनको छ । छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ ।

यो जुत्ता दुबईका एक ग्राहकले जन्मदिनका लागि बनाउन अर्डर दिएको विङहमले बताइन् । विङहम यस्तै महंगो डिजाइनहरुका लागि चर्चित छिन् । उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् ।

Comments

comments